लागुऔषधसहित एकजना पक्राउ

लागुऔषधसहित एकजना पक्राउ

सिरहा : लागुऔषधसहति लहान नगरपालिका–२ का २० वर्षीय सदानन्द महतोलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले उनको साथबाट डाईजापाम– १५३ एम्पुल, ब्युप्रोनोरफिम– १५४ एम्पुल, फेनारगन –१९० एम्पुल गरी ४९७ एम्पुल लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी रबिन्द्रराज पाण्डेले जानकारी दिए । 

गएराति लहान नगरपालिका–८ मा इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी सहायक हबल्दार देवकुमार यादवको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले महतोलाई शंका लाग्दा चेकजाँच गरेका थिए । चेकजाँचको क्रममा लागुऔषध फेला परेको हो ।  

पैदल यात्री महतोले बोकेको कालो रङको झोलाभित्र प्लाष्टिकको  पोका बनाइ लुकाइ राखेको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेका हुन् । लागुऔषधसहित महतोलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.