कांग्रेसले अघि सारेको समाजवाद नारा मात्रै हो, कुनै कार्यक्रम छैन : विप्लव
काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले अहिलेको संविधानले जनताको चाहना पूरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा जनअधिकार अभियान नेपालको आठौं साधारण सभामा बोल्दै विप्लवले अहिलेको संविधान अपूर्ण रहेकाले जनताको चाहना पूरा गर्न नसक्ने बताएका हुन्।
संविधानले परिवर्तन र विकासको माग गरेको र जनताको प्रतिविम्बित गर्ने गरि पूर्णता दिन कानूनविद् र अधिकारकर्मीले पनि आवाज उठाउनुपर्ने उनको भनाई छ। कुर्ची र पदको सुविधा नभई नेपाली जनताले चाहेको कानुन बनाउनुपर्ने र त्यसो हुन नसके संविधान कागजको खोष्टो मात्रै हुने उनले बताए ।
उनले अहिले कांग्रेसले अघि सारेको समाजवाद नारा मात्रै भएको र त्यसमा कुनै कार्यक्रम नरहेको जिकिर गरे। ‘कांग्रेसले अघि सारेको समाजवाद नारा मात्रै हो। त्यसमा कुनै कार्यक्रम छैन। विपीले अलिअलि भनेका थिए त्यो अलिकता मूर्तरुपमा ल्याउनुपर्यो नी।’
विप्लवले नेपाल र जनतामाथि देखिएको चूनौति सामना गर्न समाजवादी मोर्चाको आवश्यकता पुष्टि हुँदै गएको र मोर्चाले नै देशलाई रुपान्तरणतर्फ अघि बढाउने धारणा राखे।
प्रतिक्रिया दिनुहोस !