साफ च्याम्पियनसिप: पाकिस्तान सेमिफाइनलमा

साफ च्याम्पियनसिप: पाकिस्तान सेमिफाइनलमा

काठमाडौं : राजधानीमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पाकिस्तान माल्दिभ्ससँग बराबरी खेल्दै सेमिफाइनलमा पुगेको छ। 

    
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पाकिस्तानले माल्दिभ्ससँग १–१ गोलको बराबरीमा खेल्दै सेमिफाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो। 

समूह ‘ए’ मा रहेको पाकिस्तान दुई खेलमा चार अंक जोड्दै सेमिफाइनलमा पुगेको हो। शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको थियो।
    
आजको खेलमा पहिलो अग्रता भने माल्दिभ्सले लिएको थियो। माल्दिभ्सका खेलाडी सानन रसिद रसादले खेलको ३९ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएका थिए। 
    
त्यसपछि खेलको ८४ औँ मिनेटमा पाकिस्तानका साह जहानले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए। त्यसपछि खेलमा गोल हुन सकेन र पाकिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो। 
    
समूह ए मा नेपालसहित पाकिस्तान र माल्दिभ्स छन्।  पाकिस्तानले दुई खेलमा चार अंक जोडेको छ भने एक खेल खेलेको माल्दिभ्सको एक अंक छ। नेपाल अंकविहीन छ। नेपाल र माल्दिभ्सबीच यही असोज ८ गते प्रतिस्पर्धा हुनेछ। त्यसको विजेता टोली सेमिफाइलनमा पुग्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.