नेपाल र चीनबीच चिलिमे-केरुङ अन्तरदेशीय विद्युत प्रसारणलाइन निर्माण गर्ने सहमति

नेपाल र चीनबीच चिलिमे-केरुङ अन्तरदेशीय विद्युत प्रसारणलाइन निर्माण गर्ने सहमति

काठमाडौं : नेपाल र चीनबीच अन्तरदेशीय विद्युत प्रसारणलाइन निर्माण गर्ने सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका दौरान सोमबार चिलिमे-केरुङ अन्तरदेशीय विद्युत प्रसारणलाइनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो।

ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे केरुङ प्रशारण लाइन निर्माणको सम्भाव्यता अध्ययनका लागि सम्झौता भएको बताए। उक्त परियोजना ऋण वा अनुदानमा बनाउने विषयमा सहमति भइनसकेको उनले टेलिफोनमार्फत् अन्नपूर्णलाई बताए।

'केरुङ प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने विषयमा नेपाल र चीनबीच सम्झौता भएको छ। नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनका विषयमा निर्णय लिन संयुक्त कार्यदल बनाइएको छ। सोही कार्यदलले उक्त परियोजना ऋण वा अनुदानमा बनाउने विषयबारे निर्णय गर्छ,' सचिव घिमिरेले भने। रसुवागढी-केरुङ प्रसारलाइन अन्तरदेशीय प्रसारणलाइन विद्युत प्राधिकरणले नै प्रस्ताव गरेको परियोजना हो। 

नेपाल सरकारले रातमाटे-रसुवागढी-केरुङ ४०० केभी प्रसारण लाइन निर्माणका लागि छनोट गरे पनि चीनले हाललाई चिलिमे-केरुङ सिंगल सर्किटअन्तर्गत २२० केभी प्रसारणलाइन निर्माण गर्ने सहमति गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.