सरकारको खण्डन गर्दै सकियो कांग्रेस बैठक

सरकारको खण्डन गर्दै सकियो कांग्रेस बैठक

काठमाडौंं : नेपाली कांग्रेस केन्द्रीय समितिको २ महिनापछि बसेको ४ दिनसम्मको बैठकमा सरकारप्रति प्रश्न गर्दै सकिएको छ। बैठकमा बोल्ने क्रममा अधिकांश नेताहरूले सरकारले जनतालार्ई आभास हुनेगरी काम गर्न नसकेको प्रष्ट्याएका छन्। कतिपय नेताले भने सरकारले गरेका कार्यशैलीमै आपत्ति पनि प्रकट गरेका छन्। 

सरकारमै सहभागी भएका मन्त्रीले भने काम गर्न खोज्दा पनि गर्न नसकिएको असन्तुष्टि व्यक्त गरेका छन्। कांग्रेसका उपसभापति तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले गति लिन खोज्दा ब्रेक लागेको भन्दै, ‘म त्यही मन्त्रिपरिषद््को मन्त्री हुँ। तर बीच–बीचमा ब्रेक लाग्छ, अपर्झट ब्रेक लाग्छ।’ 

मन्त्री भनेको दुई दिनको घाम छायाँ हो भन्दै गुरुङले बसुन्जेल राम्रो काम गरौं भन्ने सोचाइ भए पनि काम गर्न सहज नभएको बताए। सभापति शेरबहादुर देउवालार्ई नै प्रश्न गर्दै भने, ‘जब हामी भ्रष्टाचारका काण्डहरू एकपछि अर्को खोल्दै जान्छौं तब फेरि यो गठबन्धन भत्किने कुराहरू आउँछन्। सरकार ढाल्ने कुराहरू आउँछन्। किन यसो भइरहन्छ सभापति महोदय ? किन यस्ता आवाजहरू उठिरहन्छ ?’ 

बैठकमा बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले अघिल्लो बैठकको तुलनामा यस बैठकमा आउँदा समीक्षा र बोलेका कुरालार्ई कार्यान्वयनमा लैजान सबै प्रतिबद्घ देखिएको भन्दै महासमितिबाट संगठनलार्ई परिमार्जन गर्दै गर्दा सिंगो देशको ध्यान जाने भएकाले पनि सबै तयारीमा लाग्नुपर्ने पनि बताए। 

बैठकमा बोल्दै अर्का महामन्त्री गगन थापाले कुनै पनि विषय केन्द्रीय सदस्यहरूलार्ई उठाउँदा तथ्यमा आधारित भएर उठाउन आग्रह गरे। ‘विषयलार्ई अध्ययन गरेर आउनुहोस्। र तथ्यमा उभिएर बोल्ने गरौं।’

कांग्रेसले मंसिरमा हुने महासमिति बैठक तयारीका लागि सुरुवाती चरणमा चारवटा समिति गठन गरेको छ। प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्माले दिएको जानकारीअनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय सोमबारको केन्द्रीय समिति बैठकले गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.