कांग्रेस महामन्त्री शर्मा साउदी आउँदै
साउदी : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा साउदी अरब आउने भएका छन्। तीन दिने भ्रमणका लागि उनी सेप्टेम्बर ३० मा साउदी आउन लागेका हुन्।
त्यस्तै कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेसमेत साउदी आउँदैछन्। साउदीस्थित नेपाली दूतावासले ३० सेप्टेम्बरका नेपाली श्रमिकका समस्या र समाधानका उपाय विषयक अन्तर्क्रिया गर्ने भएको छ।
त्यस्तै नेपाली जनसम्पर्क समितिले संगठनका पदाधिकारी र क्रियाशील सदस्यबीच भेटघाट, अन्तरक्रिया र संगठन विस्तारबारे छलफल गर्ने छ।
साउदी अरेबिया आउनुअघि उनीहरू २९ सेप्टेम्बरमा हुने नेपाली जनसम्पर्क समिति बहराइनको ११औं वार्षिकोत्सवमा सहभागी हुनेछन्।
प्रतिक्रिया दिनुहोस !