आँखा पाक्ने रोगले पाकिस्तानमा विद्यालय बन्द
पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नकवीले बिहीबार सबै विद्यालय बन्द गर्ने घोषणा गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
स्लामावाद : आँखाको सङ्क्रमण बढ्दै गएपछि पाकिस्तानको पञ्जाब प्रान्तका सरकारी र निजी विद्यालयहरू सेप्टेम्बर २८ मा बन्द हुने जनाएको छ ।
पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नकवीले बिहीबार सबै विद्यालय बन्द गर्ने घोषणा गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
एआरवाई न्यूजका अनुसार पञ्जाब प्रान्त र पाकिस्तानका अन्य भागमा आँखाको सङ्क्रमण हुने घटनामा तीव्र वृद्धि भएको छ । भारतको पञ्जाब राज्यको स्वास्थ्य विभागका अधिकारीहरुले पछिल्लो २४ घण्टामा ८५ जना नयाँ बिरामी फेला परेको जानकारी दिएका छन् ।
गुलाबी (राता) आँखा पारदर्शी झिल्लीको एक सङ्क्रमण हो जसले परेला र आँखाको नानी रहने गोलो भागलाई सङ्क्रमित गर्दछ । यसलाई ‘कन्जेक्टिभा’ भनिन्छ ।