मुस्लिम धर्मालम्बीहरूले पाल्पामा मनाए धर्मगुरु हजरत मुहम्मदको जन्मदिन

मुस्लिम धर्मालम्बीहरूले पाल्पामा मनाए धर्मगुरु हजरत मुहम्मदको जन्मदिन
सुन्नुहोस्

तानसेन : पाल्पामा बसोबास गर्ने मुस्लिम धर्मालम्बीहरूले धर्म गुरु पैगम्वर हजरत मुहम्मदको १४९८औं जन्मदिन मनाएका छन्। 

तानसेनका मुस्लिम धर्मालम्बीहरूले धर्म गुरु हजरत मुहम्मदको जन्मदिनको अवशरमा ढुंगाखानीको मस्जिदबाट र्‍याली निकाली बतासेडाडा, कैलाशनगर, बसन्तपुर भगवतीटोल, टक्सार, सिल्खान, विशालबजार, शित्तलपाटी, अशनटोल, नारायाणस्थान, सहित नगरपरिक्रमा गरी जामे मस्जिदमा पुगी समापन भएको थियो। 

पैगम्वर हजरत मुहम्मदलाई इस्लाम धर्मको मुख्य प्रचारको धर्म गुरुको रूपमा मुस्लिम धर्मालम्बीहरूले लिने गरेका छन्। इस्लाम धर्मममा अल्लाह तथा खुदाको सबैभन्दा नजिकको दूतको रूपमा पैगम्वर हजरत मुहम्मदलाई लिने गरिन्छ। 

पैगम्वर हजरत मुहम्मदको जन्मदिनको अवसरमा जामे मस्जिद तानसेनमा मुस्लिम विधि परम्पराअनुसार पूजापाठ तथा ध्यान गरिएको जामे मस्जिद तानसेनका अध्यक्ष मकवुल अलीले बताए। पाल्पामा तानसेन नगरपालिका र रामपुर नगरपालिकाको मुस्लिम समुदायको बसोबास छ। मुस्लिम समुदायमा इद, वकर इद, मोहरम र पैगरम्वर हजरतको जन्मदिनलाई विशेष चाडको रूपमा मनाउने गरिएको अध्यक्ष अलिले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.