आगामी तीन दिन देशका यी स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित पानी पर्ने

आगामी तीन दिन देशका यी स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित पानी पर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

अहिले कोशी, मधेश र बागमती प्रदेशहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै कोशी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित छ ।

 
अहिले कोशी, मधेश र बागमती प्रदेशहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै कोशी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी, मधेश प्रदेश लगायत देशका पहाडी भागमा मेघ गर्जन/चट्याङ्ग सहित पानी पर्ने महाशाखाले जनाएको छ। 'शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ', महाशाखालेबु लेटिनमा उल्लेख छ, ' राती कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।'

आइतबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार भने कोशी, मधेश र गण्डकी प्रदेशका एक वा दूई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.