नुवाकोटमा बजार अनुगमन, ३५ हजार बढीको अखाद्य सामग्री नष्ट

नुवाकोटमा बजार अनुगमन, ३५ हजार बढीको अखाद्य सामग्री नष्ट
सुन्नुहोस्

नुवाकोट : बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा बजार अनुगमन गरिएको छ । अनुमगमनका क्रममा किस्पाङबाट गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको हो।

संयुक्त बजार अनुगमन टोलीले नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिकाको विभिन्न १४ वटा किराना पसल, होटेल, मासु पसल र औषधि पसलको शुक्रबार अनुगमन गरेको हो । एकै दिन किस्पाङ गापा २, ३ र ५ मा रहेका ती पसल व्यवसायमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटको जिल्ला बजार अनुगमन समितिद्वारा अनुगमनका क्रममा अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ । मापदण्ड विपरित गरिएको फेला परेपछि २ वटा पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरी कुल १० हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए । 

उनका अनुसार किस्पाङ २ को ऋतु सप्लायर्सलाई ५ हजार, किस्पाङ २  कै न्यौपाने खाद्य स्टोर्सलाई नगद ५ हजार रुपैयाँ नगद जरिवाना गराइएको हो । अनुगमनका क्रममा अन्य कतिपय पसलहरुलाई समेत मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिइएको छ । 

यसका साथै बजार अनुगमनको क्रममा म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरितका विभिन्न सामग्रीसमेत गरी कुल ३५ हजार ५ सय १५ रुपैयाँ बराबरको अखाद्य वस्तु जिल्ला बजार अनुगमन समितिको रोहवरमा नष्ट गरिएको घरेलु कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए  । उनका अनुसार अनुगमनका क्रममा सबै पसलमा मापदण्ड तथा गुणस्तरीयताका सम्बन्धमा वजार अनुगमन गरिएको छ ।   

बजार अनुगमनको क्रममा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन दिंदै, सुधार गर्न र केही व्यवसायीलाई आवश्यक कागजातसहित घरेलु तथा साना उद्योग कार्यालय विदुर, नुवाकोटमा उपस्थित हुन निर्देशन दिइएको कार्यालय प्रमुख किशोर सापकोटाको भनाई छ ।

सर्वसाधारणले भने वर्षको एक-दुई पटक औपचारिकता निभाउन मात्र बजार अनुगमन गर्ने गरेको गुनासो गर्दै यसलाई निरन्तरता दिन माग गरेका छन् । 

दसैं, तिहार तथा नयाँ वर्ष आसपासको समयमा मात्रै बजार अनुगमन हुने गरेको र अन्य बेलामा भने अनुगमन नहुने गरेको उपभोक्ता बताउँछन् । खाद्य वस्तुमा गुणस्तरीयताको स्वस्थ्यताको विषयमा उपभोक्ताहरुले उजुरी तथा गुनासो गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.