चार वर्षदेखि रोकिएको अन्तरपालिका भलिबल प्रतियोगिता सुचारु

चार वर्षदेखि रोकिएको अन्तरपालिका भलिबल प्रतियोगिता सुचारु
सुन्नुहोस्

अर्घाखाँची : कोरोना महामारीका कारण विगत चार वर्षदेखि रोकिएको अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता  सुचारु हुने भएको छ । 

अर्घाखाँची युवा परिषदको आयोजनामा हुँदै आएको जिल्लाको बहुप्रतिष्ठित भलिभल खेल २०७६ को संस्करणपछि हुन सकेको थिएन । अवस्था सहज हुँदै गएपछि यस वर्षबाट खेलका संस्करण पुनः सुचारु हुने परिषदका अध्यक्ष काजी श्रेष्ठले बताए । 

 परिषद्ले अर्घाखाँचीका ६ वटा स्थानीय तहबीच पालिकास्तरीय चौथो अन्तरपालिका भलिबल प्रतियोगिता आउँदो कार्तिक १६ गतेदेखि सञ्चालन हुने पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

प्रतियोगितामा जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकाका टिमको सहभागिता रहने छ। खेललाई थप रोचक बनाउन प्रत्येक टिमले २ जना खेलाडी सम्बन्धित पालिकाभन्दा बाहिरबाट राख्न पाइने व्यवस्था गरिएको परिषदका महासचिव प्रकाश भुसालले बताए । 

खेल क्षेत्रको विकासमा टेवा पुगोस् भनेर प्रतियोगिता आयोजना गरिएको परिषदले जनाएको छ । भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार पुरस्कार दिइनेछ। द्वितीय हुने टिमलाई नगद ३० हजार र तृतीय हुने टिमलाई २० हजार नगद पुरस्कार दिइनेछ।

यस्तै रनिङ्गशिल पचाउने टिमलाई ५० हजार थप गरी १ लाख पुरस्कार प्रदान गरिने महासचिव प्रकाश भुसालले जानकारी दिए । अहिलेको चौथो संस्करणमा शितगंगा नगरपालिकालाई शिल्ड पचाउने अवसर छ । २०७५ र २०७६ को संस्करण शितगंगाले जितेको थियो । अहिलेको संस्करण जितेर शिल्ड पचाउने अवसर शितगंगालाई रहेको छ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार पाउनेछन्।

सामाजिक क्षेत्रमा सक्रिय परिषदले भजन कृतन, होली, रोपाइँजात्रा, माघे सक्रान्ति मेलामा कार्यक्रम गर्दै आएको छ । मनोरञ्जनका क्षेत्रका अलावा वृद्धाअश्रमलाई सहयोग, रक्तदान, स्वास्थ्य शिविर, विभिन्न रोजगार तथा शिपमुलक तालिमसमेत गर्दै आएको छ । परिषदले अन्य क्षेत्रमा पनि रचनात्मक कार्य गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.