माओवादीको अभियानबाट सडक मर्मत

माओवादीको अभियानबाट सडक मर्मत
बेनी नगरपालिका-१ रुइनेडाडामा श्रमदान गरेर सडक मर्मत गर्दै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता। तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको रुइनेडाडामा नेकपा (माओवादी केन्द्र) का नेताऔकार्यकर्ताले शनिबार श्रमदान गरी सडक मर्मत गरेका छन्। 

जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक बागलुङ-बेनी सडक अन्तरगत पर्ने रुइने डाडामा मर्मत गरेका हुन्। 

वडा कमिटिको आयोजनामा करिब ३५ जना नेता कार्यकर्ताहरुको टोलीले शनिबार बिहान ३ घण्टा श्रमदान गरेर सडक मर्मत गरेको नेकपा माओवादी केन्द्रका बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीले जानकारी दिए।  

वडा कमिटिका अध्यक्ष सुरत बोगटीको नेतृत्वमा भएको श्रमदानमा माओवादी म्याग्दीको प्रदेशसभा क्षेत्र (क)का ईञ्चार्ज बिनोद केसी, गण्डकी प्रदेश कमिटी सदस्य तथा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने लगायत नेता कार्यकर्ताहरु सहभागि भएका थिए। 

रइनेडाडामा सडक डबेर भासिएपछि हिलोमा सवारी साधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाई भएको थियो। श्रमदानका क्रममा हिलो हुने ठाउँमा ढुंगा बिछ्याउने र ग्रेड मिलाउने गरिएको नगर अध्यक्ष केसीले बता । 

स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका-१ देखि जलजला गाउँपालिका हुदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा-बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरे ठाउँमा पहिरो तथा हिलोको समस्या भएकाले म्याग्दी र मुस्ताङ आवत जावत गर्ने धेरै सवारी साधनले विकल्पमा बागलुङ-बेनी सडक प्रयोग गर्दै आएका छन्। 

मर्मत पछि ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिरोको सडक पार गराएपनि बस, ट्रक, माइक्रोबस हिलो र चिप्लो अनी उकालो सडक उक्लन नसकेर जाम हुने समस्या हट्ने अपेक्षा गरिएको माओवादीका बेनी नगर सदस्य ओम रोकाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.