प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा रास्वपा गएन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। रास्वपा सभापति रवि लामिछानेले चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरू मार पर्नेगरी सरकारले गरेको मृल्यवृद्धिप्रति आपत्ती जनाउँदै विरोधस्वरुप बैठक बहिष्कार गरेको जानकारी दिए।
'चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिष्कार गरेका छौं,उनले भने,' थप कार्यक्रम बारे जानकारी दिनेछौं।'
सर्वदलीय बैठक केहीबेरमा बालुवाटारमा जारी छ। प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने सात दलहरूलाई छलफलका लागि बोलाएका हुन्। बैठकमा उच्चस्तरीय छानबिन समिति,संक्रमणकालिन न्यायसम्बन्धी विधेयक (टीआरसी),संघीय निजामति ऐन र विद्यालय शिक्षा विधेयकका बारेमा छलफल गर्न प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !