फर्मभित्रै पसेर चितुवाले कालिज मार्यो, साढे चार लाखको क्षति
स्याङ्जा : कालीगण्डकी गाउँपालिका–५ जैपाते स्थित ‘आशिष दाई बहुद्देश्यीय कृषि फार्म’मा चितुवा पसेर करिब २ सय वटा कालिज मारिदिएको छ। बिहान दानापानी दिन जाँदा फर्मभित्रका कालिज मरेको अवस्थामा भेटिएको सञ्चालक आशिष न्यौपानेले बताए।
उनले भने,‘केही मरेका र केही छट्पटाइरहेका अवस्थामा देखेपछि यताउता खोज्दै जाँदा झाडीभित्र चितुवा देखियो।'
न्यौपानेले करिब डेढ वर्षदेखि कालिज पालन गर्दै आएका थिए । झण्डैं ४ लाख ५० हजार मूल्य बराबरको क्षति भएको उनले बताए। कालिजको मासु र अण्डा स्वस्थ्यकर मानिन्छन्। अन्य पंक्षीको तुलनामा कालिजको मासु र अण्डा महंगो दाममा बिक्री हुन्छ।
कालिज प्रतिकेजी ३ हजार रुपैयाँ र प्रति गोटा अण्डा सय रुपैयाँसम्म बिक्री हुँदै आएको न्योपानेको भनाइ छ। करिब ४ रोपनी क्षेत्रफलमा सञ्चालित फर्ममा झण्डै १७ लाख रुपैयाँ लगानी गरेको बताए।