अवैधरूपमा ढुंगा उत्खनन् गर्ने जेसिबी र टिपर नियन्त्रणमा

अवैधरूपमा ढुंगा उत्खनन् गर्ने जेसिबी र टिपर नियन्त्रणमा

तानसेन : सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान खण्डमा रातिको समयमा चोरी गरी अवैध तरिकाबाट ढुंगा उत्खनन तथा निकासी गर्ने जेसिबी र टिपरलाई प्रहरी चौकी दोभान पाल्पाले नियन्त्रणमा लिएको छ।

सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिका वडा नं ३ हेडबक्स नाग मन्दिर नजिकै  जेसिबी प्रयोग गरी अवैधरूपमा ढुंगा उत्खनन गरी टिपरमा लोड गरिरहेको अवस्थामा दोभान प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको हो। अवैधरूपमा ढुंगा चोरी गरी टिपरमा निकासी गर्दै गर्दा दोभानबाट खटिएको प्रहरीले राति अन्दाजी १२ बजेको समयमो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

प्रहरीले बाप्र ०१-००३ प ९१९४ नम्बरको चेनवाला जेसिबी, प्रदेश ३ ०१-०३ क ६७७७ नम्बरको जेसिबी, लु२ख ३६६२ र लु२ख ३९६४ नम्बरको टिप्पर र निजका चालकहरू पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका सवारीसाधन तथा चालकलाई तिनाउँ गाउँपालिकामा बुझाएको जनाएको छ। गाउँपालिकामा दुई वटा टिपरधनीले २५-२५ हजार रुपैयाँ जरीवाना तिरेर सवारी साधन लगेको तिनाउँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले बताए। स्काभेटको विषयमा भने सो क्षेत्रमा योजनाको काम रहेकाले छलफलको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए। 

विभिन्न समयमा तिनाउँ गाउँपालिका भित्रका चुरे क्षेत्रमा पटक-पटक अवैध उत्खनन गरी चोरी निकासी गर्ने क्रम बढेको छ। प्रहरीले पटक-पटक चोरी निकासीमा संलग्नलाई पक्राउ गरेर स्थानीय सरकार लाई बुझाए पनि स्थानीय सरकारले सामान्य जरीवाना काटेर छाड्ने गर्दा चोरी निकासी रोकिएको छैन। समान्य कारवाहीको कारण अवैध उत्खनन तथा चोरी निकासीमा कमी भएको पाइँदैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.