उत्तरी नाइजेरियामा डुङ्गा दुर्घटना, ४० जना बेपत्ता

उत्तरी नाइजेरियामा डुङ्गा दुर्घटना, ४० जना बेपत्ता
फाइल तस्बिर।
सुन्नुहोस्

मोहम्मदका अनुसार अहिलेसम्म १० जना यात्रुको मात्र उद्धार गरिएको छ । उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा उक्त डुङ्गाले मुसलधारे बर्षाको सामना गर्नुपरेको थियो ।

नाइजेरियाको उत्तरी राज्य केबीको एक स्थानीय नदीमा यात्रुबाहक डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

केबीको याउरी स्थानीय सरकारी क्षेत्रमा रहेको साप्ताहिक बजारमा कम्तीमा ५० जना यात्रु बोक्ने क्रममा सोमबार डुङ्गा पल्टिएको जिल्लाका प्रशासक बाला मोहम्मदले सञ्चारमाध्यमलाई जानकारी दिए।

मोहम्मदका अनुसार अहिलेसम्म १० जना यात्रुको मात्र उद्धार गरिएको छ । उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा उक्त डुङ्गाले मुसलधारे बर्षाको सामना गर्नुपरेको थियो ।

नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख सालिहु गरबाले राज्यको राजधानी मिन्नामा पत्रकारहरूलाई स्थानीय अधिकारी र आपतकालीन सेवाहरूले हराइरहेका यात्रुहरूको खोजी र उद्धार सेवा सुरु गरेको बताए । स्थानीय गोताखोरलाई डुङ्गामा सवार बेपत्ता यात्रुको खोजी तथा उद्धारका लागि परिचालन गरिएको गरबाले जनाएको छ ।

पश्चिम अफ्रिकी मुलुकमा डुङ्गामा रहने अत्यधिक भार र खराब मौसम कारण डुङ्गा दुर्घटना हुने गरेको छ ।

गत महिना पनि नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले मुलुकमा पटक पटक हुने डुङ्गा दुर्घटनाको बृहत् अनुसन्धान गर्न आदेश दिएका थिए। 

तिनुबुले कानून प्रवर्तन, समुद्री सुरक्षा, र यातायात सुरक्षा अधिकारीहरूसहित विभिन्न सरकारी एजेन्सीहरूलाई दुर्भाग्यपूर्ण र रोकथाम योग्य विपत्तिहरूको मूल कारणहरू पहिचान गर्न निर्देशन दिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.