बसपार्क निर्माण गर्न १२ करोडको सम्झौता

बसपार्क निर्माण गर्न १२ करोडको सम्झौता
सुन्नुहोस्

स्याङ्जा : वालिङ नगरपालिका-८ शिलतनगरमा अत्याधुनिक बसपार्क बन्ने प्रक्रिया सुरु भएको छ। बसपार्क निर्माणको लागि नगरपालिका र नगरविकास कोषबीच सम्झौता भएसँग निर्माण प्रक्रिया सुरु भएको हो।

नगर प्रमुख कृष्ण खाँण र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच सम्झौता आदानप्रदान भएको हो। 

नगरपालिका र कोषबीच १२ करोड २७ लाख ५७ हजार रुपैयाँको लागतमा सुविधा सम्पन्न बसपार्क निर्माण लागि सम्झौता भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए। 

सम्झौता रकममध्ये नगर विकास कोषबाट ६ करोड ७५ लाख ऋण र १ करोड २३ लाख अनुदान प्राप्त भएको छ। करिब ४ करोड ३० लाख रुपैयाँ भने वालिङ नगरपालिकाको रहेको प्रमुख खाँणको भनाइ छ।
 
करिब ३० रोपनी क्षेत्रफलमा निर्माण गरिने बसपार्क सिद्धार्थ राजमार्ग भई ओहोरदोहोर गर्ने सवारी साधनका साथै नगरभित्रका साधनको सुरक्षित व्यवस्थापनमा सहज बन्ने भएको छ। सुरक्षित बसपार्कको अभावमा राजमार्गकै छेउछाउमा पार्किङ् गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुनेछ।

बसपार्क निर्माणपछि प्रतिघण्टा ९६ वटा सवारी साधनहरु पार्किङ गर्न सकिने जनाइएको छ। जीप, मिनीबस, माइक्रोबस लगायतका छोटो दूरीमा चल्ने सवारी साधनहरू प्रतिघण्टा ४२ वटा पार्किङ गरिनेछन्। 

त्यसैगरी लामो दूरीमा चल्ने बसहरू प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरु प्रतिघण्टा ८ वटा, प्रतिघण्टा २ पाङ्ग्रे १० वटा, निजी सवारी कारहरू २० वटा अटाउनसक्ने क्षमताको रहने उपप्रमुख कबिता तिवारीले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.