कर्मचारीले गरे २ घण्टा पेन डाउन

कर्मचारीले गरे २ घण्टा पेन डाउन
सुन्नुहोस्

धनकुटा : १४ बुँदे माग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्दोलनलाई ऐकवद्धता जनाउँदै सहिदभूमि गाउँपालिकामा कार्यरत कर्मचारीहरुले दुई घण्टा पेनडाउन गरेका छन्।

बिहीबार कार्यालय खुल्ने समय बिहान १० देखि १२ बजेसम्म आन्दोलनलाई समर्थन जनाउँदै पेनडाउन गरिएको जिल्ला स्तरीय आन्दोलन संघर्ष समितिका सदस्य रमित ओलीले बताए। गाउँपालिकाको विषयगत शाखामा कार्यरत कर्मचारीहरुले कार्यालय प्राङ्गणमा धर्नासमेत दिएका थिए। कार्यस्थलमा रहँदा हातमा कालोपट्टी बाँधेरमा काम गरेको सदस्य ओलीलले बताए। 

१४ बुँदे मागसहितको ज्ञापन पत्रमा संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा वहाल रहेका स्थायी कर्मचारीहरुलाई निजामतिको परिभाषाभित्र समेटिनुपर्ने, तीन वटै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने लगायत माग गर्दै यतिबेला स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित छन्। 

संघीय निजामती ऐनले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई विभेद गरिएकै कारण आन्दोलन गर्नु परेको उनीहरुको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.