धानमा फड्के किराको प्रकोप, किसान चिन्तित
नुवाकोट : बियाँ लाग्ने बेला भएको अवस्थामा नुवाकोटको अधिकांश स्थानमा धानबालीमा रोगको प्रकोप बढेको छ। गत असार र साउनमा रोपिएको धानमा फड्के किराले आक्रमण गरेपछि नुवाकोटमा हजारौ किसानले लगाएको धान नष्ट भएको छ।
विदुर र बेलकोटगढी नगरपालिका, लिखु र सुर्यगढी गाउंपालिकामा लगाइएको धानबालीमा फड्के किराको संक्रमण रहेको जिल्ला कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ।
दुई सातादेखि नुवाकोटका एक जार पाँच य रोपनी क्षेत्रफलमा लगाइएको धान खेतीमा फड्के किराले आक्रमण गरेको छ। सो किराले आक्रमण गरेपछि बियाँ लाग्दै गरेको धानको बोट मरेको कार्यालयकी अधिकृत रुक्मिणी अधिकारीको भनाइ छ।
उनका अनुसार धानमा फड्के किराले आंक्रमण गरेपछि विषादि छर्कने अभियान सुरु गरिएको छ। कृषि ज्ञान केन्द्र नुवाकोटले विदुर र लिखुमा तीन सय प्याकेट विषादी किसानलाई वितरण गरेको छ।
लाखौ रुपैयाँ बराबरको धानबाली किराले नष्ट गरेपछि किसानहरू निकै चिन्तित भएका छन्। किसानहरूलाई तीनै तहको सरकारले क्षतिपूर्ति र राहत दिनुपर्ने विदुर-५ का किसान कृष्णप्रसाद पुडासैनीले बताए।
प्रतिक्रिया दिनुहोस !