विद्यार्थीलाई पोशाक वितरण

विद्यार्थीलाई पोशाक वितरण
सुन्नुहोस्

नुवाकोट : आफ्नो सेवा सुविधाबाट खरिद गरी नुवाकोटको विदुर नगरपालिकाका मेयरले विद्यार्थीलाई पोशाक उपलब्ध गराएका छन्। 

विदुर नगरपालिका–२ बट्टारस्थित सामुदायिक विद्यालय भीमसेन माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई मेयर राजन श्रेष्ठले आफूले पाउने तलब भत्ता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरजमान श्रेष्ठले व्यक्तिगत खर्चमा पूर्व प्राथमिकदेखि कक्षा १० सम्मका २ सय ८० जना विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेका हुन्। 

मेयर श्रेष्ठले आफूलाई सरकारले दिएको सेवा सुविधालाई गरिब विद्यार्थीका लागि  खर्चन पाउँदा खुसी लागेको बताए। 

आफूले प्राप्त गरेको सेवा सुविधाको रकम जनताकै करको रकम भएकाले विदुरवासीलाई नै आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। यसबाट विद्यार्थीहरूलाई निकै सुविधा पुगेको प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.