स्याङजाको वालिङमा कपडा पसलमा आगालागी

स्याङजाको वालिङमा कपडा पसलमा आगालागी
आगलागी भएको कपडा पसल।
सुन्नुहोस्

स्याङ्जा : वालिङ नगरपालिका ६ मिर्दी स्थित एक कपडा पसलमा शुक्रबार राती आगालागी भएको छ। विद्युत् सर्ट भएर आलमदेवी कपडा पसलमा आगालागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको सञ्चालक देवी गुरुङ्ले जानकारी दिइन्। 

आगलागीपछि नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो।

आगालागीबाट  टिनले छाएको उद्योग पूर्णरुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उद्योगमा रहेका रुई ग्रेडिङ मेसिन, भाडा बनाउने, कपडा पेल्ने हेभी मेसिन, डिजिटल मेसिनहरु जलेका छन्। 

यसैगरी एघार टन कालो कपास, ४ सय केजी फाइवरको कपास, ५ सय केजी सेतो र कालो कपास समेत पूर्णरुपले जलेको छ। 

नुवाकोट स्थित बिदुर नगरपालिकाका गंगासिंह तामाङ् र उनका पत्नी देवी गुरुङ्ले १० वर्षदेखी यहाँ पसल गर्दै आएका थिए। तामाङ् भने अहिले रोजगारीका लागि विदेश छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.