प्रधानमन्त्रीलाई लक्षित गर्दै कोइरालाले भने : देशमा अराजकता बढ्यो, सरकार सच्चिने कि बाटो खालि गर्ने ?

प्रधानमन्त्रीलाई लक्षित गर्दै कोइरालाले भने : देशमा अराजकता बढ्यो, सरकार सच्चिने कि बाटो खालि गर्ने ?
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सच्चिन आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकार सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन्। 

उनले देश अफ्ठ्यारो स्थितिबाट अघि बढिरहेकाले जताततै अराजकता रहेको उल्लेख गरे। उनले भने, ‘देशमा जताततै अराजकता रहेको छ। त्यो कांग्रेसबाहेकले सम्हाल्न सक्दैन।’

कोइरालाले कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री प्रचण्ड अराजक बनेपछि उनलाई मानिरहन नपर्ने धारणा राखे। नेपाल कुनैपनि जाति विशेष नभएको बताउँदै कोइरालाले बहुजातिय, बहुभाषिक नेपालमा जातिय राज्य दिन नसकिने धारणा राखे।

कोइरालाले भने, ‘गोरखाबाटै जितेर प्रधानमन्त्री हुनुभएको छ। देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने जातिय राज्य दिन्छु, दुई लाख मान्छे सडकमा उतार्छु भन्नुहुन्छ।  के प्रधानमन्त्रीले खल्तिबाट जातीय राज्य निकालेर दिने हो ? देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन।’ 

प्रधानमन्त्री प्रचण्डका गतिविधिप्रति विमत्ति राख्दै कोइरालाले पछिल्लो समय सरकारविरुद्ध निरन्तर आक्रोश व्यक्त गरिरहेका छन्। उनले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनु पर्नेमा जोड दिँदै आएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.