ठूलो मात्रामा अखाद्य वस्तु नष्ट

ठूलो मात्रामा अखाद्य वस्तु नष्ट

नुवाकोट : चाडपर्व नजिकिएसँगै नुवाकोटमा बजार अनुगमनलाई तीव्रता दिइएको छ। बजारमा गुणस्तरहीन सामग्री बिक्री वितरण भइरहेको उपभोक्ताबाट गुनासो आएपछि म्यागङ गाउँपालिकाको विभिन्न बजारमा अनुगमन गरिएको छ। 

गाउँपालिकाका विभिन्न बजारबाट गुणस्तरहीन वस्तु जफत गरी नष्ट गर्नुका साथै पसललाई जरिवाना समेत गरिएको छ। संयुक्त बजार अनुगमन टोलीले नुवाकोटको म्यागङ गाउँपालिका २ र ३ मा रहेका विभिन्न वजारमा  विभिन्न ३८ वटा किराना पसल, एग्रोभेट, खाद्यान्न पसल, मदिरा पसल र सप्लायर्सको अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।

मापदण्ड विपरीत गरिएको फेला परेपछि एउटा औषधि पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरी सात हजार रुपैयाँ जरिवाना गरिएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए ।

अनुगमनका क्रममा म्यागङबाट म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरीतका विभिन्न सामग्रीसमेत गरि कुल ८५ हजार ४ सय ६० रुपैयाँ बराबरको अखाद्य वस्तु जिल्ला बजार अनुगमन समितिको रोहवरमा नष्ट गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.