अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प : १५ जनाको मृत्यु, दर्जनौं घाइते

अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प : १५ जनाको मृत्यु, दर्जनौं घाइते
सुन्नुहोस्

अमेरिकी भूगर्भ सर्वेक्षणले ६.३ म्याग्निच्युडको भूकम्पपछि हेरात प्रान्तमा धेरै शक्तिशाली पराकम्पहरु गएको जनाएको छ ।

 काबुल : अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी १५ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते छन्।

अमेरिकी भूगर्भ सर्वेक्षणले ६.३ म्याग्निच्युडको भूकम्पपछि हेरात प्रान्तमा धेरै शक्तिशाली पराकम्पहरु गएको जनाएको छ ।

भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको छ । अफगान अधिकारीहरूले भग्नावशेषमा केही मानिस फसेको बताएका छन्। 

आसपासका ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरो गएको खबर प्राप्त भएको छ । बितेको जुन महिनामा गएको भूकम्पमा परी एक हजारभन्दा बढीको ज्यान गएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.