एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा तीनजनाको दाबी

एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा तीनजनाको दाबी
तस्बिर : अन्नपूर्ण

धनगढी : नेकपा एमालेको सुदूरपश्चिमको अध्यक्षका लागि तीनजनाले दाबेदारी पेश गरेका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष कमल तिमिल्सेना, प्रदेश सचिवालय सदस्य कृष्ण प्रसाद जैशी र सचिवालय सदस्य बचनबहादुर सिंहले अध्यक्षका लागि दाबेदारी पेश गरेका हुन् ।

कमलप्रसाद तिमिल्सेना अहिलेको प्रदेश समितिका उपाध्यक्ष तथा सचिवालय सदस्य हुन् भने जैशी नेकपा एमालेको अछाम जिल्ला अध्यक्ष भइसकेका  व्यक्ति हुन् । दुवैजना अछाम जिल्लाका हुन्।

तिमिल्सेना सुदूरपश्चिम कमिटीको उपाध्यक्ष छन् । २०४४ सालदेखि अनेरास्ववियु तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका हुन् । 

आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकाले अध्यक्षको स्वाभाविक दाबेदार भएको उनको भनाइ छ। 

अध्यक्षका अर्का आकांक्षी जैशी पनि अछाम जिल्ला विकास समितिको सभापतिका भइसकेका व्यक्ति हुन् । पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव उनीसँग छ । केपी शर्मा ओलीसँग तत्कालीन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका जैशी १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेफिकको सहअध्यक्ष थिए ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र एमालेको सरकार निर्माणको लागि आफूले अध्यक्षमा दाबी गरेको उनले बताए । सिंह भने युवा संघका पूर्व अध्यक्ष हुन । अधिवेशनको उद्घाटनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही बेरअघि धनगढी आइपुगेका छन् । 

बुद्ध एयरको जहाजबाट धनगढी आएका ओलीले धनगढीको सौसाई ब्यांकेटमा प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । ओलीले उद्घाटन गरेलगत्तै आजै बन्दशत्र सुरु हुने पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए ।

‘आकांक्षीहरू तीनजना देखिएका छन् । तर हाम्रो प्रयास सकेसम्म सर्वसम्मत गर्नेमै रहन्छ । सर्वसम्मत भएन भने लोकतान्त्रीक विधिबाट चुनाव हुनसक्छ,'उनले भने । नेकपा एमालेका अरु ६ वटा प्रदेशमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन हुन सकेको थिएन । सबै प्रदेशमा चुनाव भएकाले सुदूरपश्चिममा पनि चुनावको सम्भवना भने बलियो देखिएको छ ।

अधिवेशनमा प्रदेश कमिटिको नेतृत्व चयनका लागि नौवटै जिल्लाबाट गरी ६ सय ७५ जना प्रतिनिधि छनोट भएर धनगढी आइपुगेका छन्। एमालेले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अधिवेशनका लागि सबैभन्दा धेरै प्रतिनिधि बाजुराबाट रहेको जनाएको छ। 

दुईवटा प्रदेश निर्वाचन क्षेत्रमात्र रहेको बाजुराबाट एक सय २८ जना प्रतिनिधि चयन भएका आएका छन्। १३ वटा स्थानीय तह रहेको कैलालीबाट बाजुराभन्दा कम १ सय १७ जना प्रतिनिधिमात्र छन्। त्यस्तै कञ्चनपुरबाट ६३, बैतडीबाट ६८, दार्चुलाबाट ५३, अछामबाट ५४, बझाङबाट ४८, डोटीबाट ४१ र डडेलधुराबाट १८ जना प्रतिनिधि रहेका अधिवेशन आयोजक कमिटिले जनाएको छ।

त्यस्तै ७५ जना प्रतिनिधि एमालेले जनसंगठनबाट चयन गरेको छ। कूल प्रतिनिधि संख्यामा एक सय ७८ जना महिला रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.