एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारी निर्विरोध

एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारी निर्विरोध
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेको उपत्यका विशेष प्रदेशका कमिटीका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन्। प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेमकुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल र उपसचिवद्वयमा उर्मिला सुनुवार र जितेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ।

पदाधिकारीमा अन्य नेताहरुले पनि उम्मेदवारी दिएका थिए। अध्यक्ष पदका आकाङ्क्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चयन भएका हुन्। सहमतिका लागि शीर्ष नेतृत्वले पहल गरेपछि अन्य पदाधिकारीका उम्मेदवारी पनि फिर्ता भएका हुन्।

उपत्यका विशेष प्रदेशका कमिटीमा युवा-विद्यार्थी विशेष जिल्लातर्फ रमेश भट्टराईसहित ८ सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् भने अन्य सदस्यहरुको निर्वाचन आज ३ बजेपछि हुने भएको छ। पेशागत जिल्ला कमिटीबाहेक अन्य सबै सदस्यसमेत निर्विरोध चयन भएका हुन्। 

लेखा कमिटी अध्यक्षमा लक्ष्मणप्रसाद खनाल निर्विरोध भएका छन्। उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधिहरु छन्।

एमालेमा भूगोल तर्फ ७ र गैरभूगोलतर्फ १ गरी ८ वटा प्रदेश कमिटी रहेका छन्। अहिलेसम्म ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेको छ। मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयन हुन बाँकी रहेको छ।सुदूरपश्चिम प्रदेशमा आज अधिवेशनको उद्घाटन हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.