एमालेले चैत्रभित्र स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने
काठमाडौं : नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधिको भेला चैतमहिनाभित्र गर्ने भएको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकपश्चात महासचिव शंकर पोखरेलले स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरूको कार्यशाला आगामी चैत महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिए।
कार्यशालामा जनप्रतिनिधिलाई वर्तमान राजनीतिक परिस्थिति,स्थानीय तहको अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध, पार्टीको निर्देशन एवम् बटमलाइन, आगामी नीति कार्यक्रम, कानुन र बजेट निर्माण, उत्पादन र रोजगारीलगायत विषयमा प्रशिक्षण दिइनेछ।
प्रतिक्रिया दिनुहोस !