एनआरएनए आईसीसी महासचिवको उम्मेदवारमा सुवेदी
![एनआरएनए आईसीसी महासचिवको उम्मेदवारमा सुवेदी](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_oErsZvh831_HKq4ZsMg2z.jpg)
काठमाडौं : आप्रवासी नेपालीको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए ) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को ११औं महाधिवेशनमा महासचिवका उम्मेदवार बुद्धिसागर सुवेदीले तयारी तीव्र बनाएका छन्।
आगामी वर्ष २०२३–२५ को कार्यकालका लागि सुवेदीले महासचिव पदमा उमेदवारी दिएका हुन्। योजना र प्रतिबद्धतासहित सुवेदी चुनावी मैदानमा छन्। अक्टोबर १७ देखि सुरु हुने महाधिवेशनमा सुवेदी महेशकुमार श्रेष्ठको प्यानलबाट महासचिवका उम्मेदवार हुन्।
पद्धति र आर्थिक पारदर्शितासहितको एनआरएनए बनाउने योजना रहेको सुवेदीले बताए। उनी एनआरएनएको सुझाव संकलन गर्दै विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्सँग छलफल र भेटघाट गरिरहेका छन्।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निवर्तमान अध्यक्ष हुन्। उनले आफ्नो कार्यकालमा संस्थाकै भवन बनाएका थिए। २०१० देखि एनआरएनए अभियानमा संलग्न छन्। एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष हुँदै एनआरएन एनसीसी अमेरिकामा विभिन्न तीन कार्यकाल काम गरेका थिए।
चितवनको माडी घर भएका सुवेदी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा अमेरिका पुगेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)