रसुवामा आलु बोकेको मिनिट्रक दुर्घटना : ३ जनाको मृत्यु, ५ घाइते

रसुवामा आलु बोकेको मिनिट्रक दुर्घटना : ३ जनाको मृत्यु, ५ घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

नुवाकोट : आलु बोकेको मिनिट्रक दुर्घटना हुँदा रसुवामा तीन जनाको मृत्यु भएको छ। आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा आलु बोकेको आइचर मिनिट्रक सोमबार राती दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। 

नेसिङबाट ग्रेतर्फ जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर मिनिट्रक कच्ची सडकवाट दुई सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए। दुर्घटनामा आमाछोदिङ्मो–२ का ३० वर्षीय फुर्पुछोवाङ तामाङ‚३९ वर्षीया पेमाडोल्मा तामाङ र ३२ वर्षीय अक्कलबहादुर तामाङको मृत्यु भएको डीएसपी बुढाथोकीले जानकारी दिए। 

दुर्घटनामा चालकसहित मिनिट्रकमा यात्रारत ५ जना घाइते भएका छन्। आमाछोदिङ्मो–२ का ३६ वर्षीय दावातेम्वा तामाङ, २० वर्षीय फुलदर्के तामाङ, ३५ वर्षीय अविनाश तामाङ, २६ वर्षीय लाङदोङ तामाङ र २५ वर्षीय सानुकान्छा तामाङ  घाइते भएको बुढाथोकीले बताए।

उनका अनुसार गाडी ओभरलोड भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको  छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.