सर्वसाधारणमाथि आक्रमण गरे इजरायली बन्धकलाई मार्ने हमासको चेतावनी

सर्वसाधारणमाथि आक्रमण गरे इजरायली बन्धकलाई मार्ने हमासको चेतावनी
सुन्नुहोस्

इजरायलले हमाससँग चलिरहेको द्वन्द्वमा आफूले'असंख्य शक्ति' प्रयोग गरी पराजित गर्ने बताएको छ।

गाजामा इजरायलको लगातार हमलालाई लिएर हमासको सैन्य शाखाका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने बताएका छन्।

सोमबार जारी गरिएको अडियो बयानमा कसम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले गाजाका नागरिक क्षेत्रमा इजरायली आक्रमण तीव्र भएको बताएका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, 'हामी घोषणा गर्दछौं कि यदि हाम्रा मानिसहरूलाई कुनै चेतावनी बिना उनीहरूको घरको सुरक्षामा निशाना बनाइयो भने, हामी हाम्रा शत्रु (इजरायल) को बन्धकहरूलाई मार्नेछौं।'

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको आक्रमणप्रति आफ्नो देशको प्रतिक्रियालाई ‘सुरुवात मात्र’ भनेका थिए।

उनले भनेका थिए, 'यो त शुरुवात हो। हामी असंख्य बलको आधारमा उनीहरूलाई पराजित गर्नेछौँ। हामी अपार शक्ति प्रयोग गर्नेछौँ। मध्यपूर्वलाई परिवर्तन गर्नेछौँ।'

कतारले इजरायली बन्धकहरूलाई रिहा गर्न हमाससँग वार्ता गरिरहेको समाचार बाहिर आएको छ। 

हमासले शनिबार इजरायलमा आक्रमण गरेदेखि दुई देशबीचको रक्तपातपूर्ण द्वन्द्वमा हालसम्म ९०० इजरायलीको मृत्यु भइसकेको छ। इजरायलको जवाफी आक्रमणमा गाजाका ७०० मानिसको मृत्यु भएको जनाइएको छ।

बेलायत, अमेरिका, फ्रान्स, इटाली र जर्मनीका नेताहरूले पनि संयुक्त वक्तव्य जारी गरेका छन्। जसमा उनीहरुले इजरायलप्रति पूर्ण समर्थन जनाएका छन्।

हमासले दर्जनौं इजरायली नागरिकलाई बन्धक बनाएको छ। यीमध्ये अधिकांश गाजामा रहेका बीबीसी समाचारमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.