हमासको आक्रमणमा परी गाजामा मृत्यु हुनेको संख्या ७७० पुग्यो
एजेन्सी : हमासको आक्रमणमा परी गाजामा मृत्यु हुनेको संख्या ७७० पुगेको छ। प्यालेस्टाइनी स्वास्थ्य विभागका अधिकारीले गाजा क्षेत्रमा ७७० जनाको मृत्यु भइसकेको पुष्टि गरेका छन्। उनीहरूका अनुसार करिब ४१ सय जना घाइते भएका छन्।
हमासले शनिबार गरेको आक्रमणपछि इजरायलको वायुसेनाले गाजामा हवाई आक्रमण गरिरहेको छ। इजरायलको सेनाले गाजामा सोमबार राति २०० वटा रकेट प्रहार गरेको जनाएको छ।
लगातारको आक्रमणबीच गाजाका धेरै मानिस बाहिर निस्कन खोजिरहेका छन्। तर इजरायलले गाजामाथि पूर्णरुपमा नाकाबन्दी लगाएको छ। गाजामा २३ लाख प्यालेस्टिन बसोबास गर्दै आएका छन्। त्यहाँ खाद्यान्न र बिजुलीको आपूर्ति पनि रोकिदिएको छ।
इजरायलमाथि हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्।