पाल्पाका ६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
तानसेन : पाल्पा प्रहरीले जिल्लाका विभिन्न ६ वटा स्थानबाट चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्जालन गरेको छ। पाल्पा प्रहरीले तानसेनको बसपार्क, बरतुङ्ग, आर्यभञ्ज्याङ्ग, रामपुर, दोभान र हार्थोकमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन गरेको हो।
नेपालीहरूको महान दशैं-तिहारजस्ता ठूला चाडपर्वको समयमा यात्रुहरूले अनावश्यक दुःख नपाउन, यात्रा सजिलो होस्, सहज तथा सुरक्षितरूपमा गन्तव्यमा पुगुन् भन्ने हेतुले पाल्पा प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको निमित्त प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताइन्।
पाल्पाका सुरक्षाकर्मीहरूको पहिलो काम भनेकै यात्रुहरूलाई सजिलो, सहज सुरक्षित तरिकाबाट गन्तव्यमा पुर्याउने गरी तालिम प्रशिक्षण, निर्देशन गरी परिचालन भएको निमित्त प्रजिअ रानाले बताइन्।
प्रहरीले मुख्य गरी पाल्पाका ६ वटा स्थानामा यात्रु सहायता कक्ष सञ्चालन गरी चाड पर्व लक्षित सुरक्षा योजनाअनुरुप काम सुरु गरेको हो। जसका लागि २४सैं घण्ट प्रहरीहरू परिचालन गरिएको पाल्पाका प्रहरी प्रमुख हेरम्व शर्माले बताए। केही आशंका लागेमा यात्रुहरूले पैसा नलाग्ने १०० नम्बरमा फोन गरेर सुरक्षित हुन प्रहरी प्रमुख शर्माले जोड दिए।