वृद्धाको हत्या गरी गहना र नगद लुटपाट

वृद्धाको हत्या गरी गहना र नगद लुटपाट
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको पन्चकन्यामा हत्या गरेर एक वृद्धाको गहना तथा नगद लुटपाट भएको छ। हत्यारा पहिचान गर्न काठमाडौंबाट तालिम प्राप्त कुकुर गाउँ ल्याएर घटनास्थलमा परिचालन गरिएको छ।

सदरमुकाम विदुरदेखि ३० किलोमिटर पूर्वमा रहेको पन्चकन्या गाउँपालिका ३ तीनघरेमा मंगलवार राती स्थानीय ७१ वर्षीया एककुमारी थापाको विभत्सरूपमा हत्या गरेर उनको गहना लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरिक्षक सन्जयसिंह थापाले जानकारी दिए। हत्याराको पहिचान गर्न काठमाडौंबाट कुकुर ल्याएर परिचालन गरिएको छ।

वृद्धा थापाको शव टाउकोमा धारिलो हतियारले प्रहार गरेर क्षतविक्षतरूपमा घरभित्रै खाटबाट मुनी लडेको अवस्थाामा फेला परेको थियो। हत्या गरिएको वृद्धा गाउँको घरमा एक्लै बस्दै आएको र उनको गहना लुट्ने उद्देश्यले हत्या गरिएको पाइएको नुवाकोट प्रहरीले जनाएको छ।

 
मृतक वृद्धाका छोरा बुहारी काम विशेषले काठमाडौं बस्दै आएका थिए। घटनास्थलमा दुई वटा तालिम प्राप्त कुकुर परिचालन गरिएको र कुकुरले घटास्थलदेखि पाँच सय मिटर जंगलसम्म पुगेर अलमलिएको थियो।

वृद्धाले कान, घांटी र गलामा लगाएका सुनका घटना तथा उनको रकम राख्नै थैली लुटिएको स्थानीय युवा सामाजिक अगुवा पशुपति थापाले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.