वालिङ नगरपालिकालाई ‘स्यानिटेशन एक्सिलेन्स अवार्ड’
स्याङ्जा : वालिङ नगरपालिकाले ‘स्यानिटेशन एक्सिलेन्स अवार्ड’ले सम्मान गरिने भएको छ। नगरपालिकाले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ। सम्मान कार्यक्रम भने १३–१५ नोभेम्बर १३ देखि १५ सम्म चीनको यिवु सहरमा हुने छ।
एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरूको स्थानीय सरकारका समूह (युसिएलजी–एसियाप्यासिफिक)बाट वालिङ उत्कृष्ट नगरका रूपमा छनौट भएको हो।
एसिया प्यासिफिक क्षेत्र अन्तर्गतका नगरपालिकाहरूमध्ये वालिङ उत्कृष्ट भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।