मुख्यमन्त्रीका आकांक्षी आङ्बोले हस्ताक्षर दुरुपयोग गरेको भन्दै शेखर पक्षधर ८ सांसदले दिए निवेदन

मुख्यमन्त्रीका आकांक्षी आङ्बोले हस्ताक्षर दुरुपयोग गरेको भन्दै शेखर पक्षधर ८ सांसदले दिए निवेदन

विराटनगर : कोसी प्रदेशको मुख्यमन्त्री दाबी गर्ने क्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको नेपाली कांग्रेसका सांसदहरुले उल्लेख गरेका छन्। 

कांग्रेसको संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधरका ८ जना सांसदले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भनेर प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका हुन्। उनीहरूले मुख्यमन्त्रीमा पार्टीको इतर समूहका केदार कार्कीलाई समर्थन गरेका छन्। आफ्ना ८ र नेकपा (एमाले)का ३९ सहित ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका छन्। 

आङ्बोले पनि कार्कीलाई समर्थन गरेको प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। कार्कीलाई समर्थन गरेका सांसदहरुले आफूहरूको हस्ताक्षर आङ्बोले दुरुपयोग गरेको बताए। कार्कीलाई इतर पक्षका सांसदहरू रामकुमार खत्री, लीलाकुमारी राई, शमशेर राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बु र सुनिता गुरुङले साथ दिएका छन्। 

प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिँदै उनीहरुले आङ्बोलाई समर्थन नगरेको स्पष्ट पारेका छन्। कोसीको ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि बहुमत पुर्‍याउन ४७ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.