वृद्धाको हत्या आरोपमा युवक पक्राउ

वृद्धाको हत्या आरोपमा युवक पक्राउ
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको पञ्चकन्या गाउँपालिका-३ तीनघरेमा वृद्धाको हत्या गरेर गहना तथा नगद लुटपाट गरेको आरोपमा युवक पक्राउ परेका छन्।

मंगलबार राति स्थानीय ७१ वर्षीया नुरकुमारी थापाको विभत्स हत्या गरेर उनको गहना लुटपाट गरेको आरोपमा पञ्चकन्या-३ कात्तिकेका २७ वर्षीय युवक ललित भनिने श्याम तामाङ पक्राउ परेका हुन्। 

हत्या गर्ने व्यक्तिको पहिचानका लागि काठमाडौंबाट तालिम प्राप्त कुकुर गाउँ ल्याएर घटनास्थलमा परिचालन गरिएको थियो। वृद्धा थापाको शव टाउकोमा धारिलो हतियारले प्रहार गरेर क्षतविक्षत रूपमा घरभित्रै खाटमुनि लडेको अवस्थामा फेला परेको थियो। हत्या गरिएको वृद्धा गाउँको घरमा एक्लै बस्दै आएको र उनको गहना लुट्ने उद्देश्यले हत्या गरिएको पाइएको नुवाकोट प्रहरीले जनाएको छ।

वृद्धाका छोराबुहारी काठमाडौं  बस्दै आएका थिए। प्रहरीले पक्राउ परेका युवकको घरबाट लुटिएको गहना, नगद तथा हत्यामा प्रहार भएको खुकुरी बरामद गरेको छ। युवकलाई कारबाहीका लागि विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी बिहीबार पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.