११ ट्याक्टर प्रहरी नियन्त्रणमा

११ ट्याक्टर प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

स्याङ्जा : वालिङ नगरपालिका-१३ स्थित आँधीखोला किनारबाट ११ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। आँधीखोलास्थित गाहाखोलाबाट बिहीबार साँझ नदीजन्य पदार्थ बालुवा उत्खनन गरी ओसारपसारमा संलग्न रहेको जनाउँदै ती ट्याक्टरहरू नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। 

कानुन विपरीत नदीजन्य पदार्थ बालुवा उत्खनन् तथा ओसारपसारमा संलग्न रहेको जनाउँदै  प्रहरीको टोलीले ९ वटा भरिएका र २ वटा खाली अवस्थाका ट्याक्टरहरूलाई आफ्नो नियन्त्रणमा लिएको प्रनाउ खनालको भनाइ छ। 

प्रहरी नियन्त्रणमा ग १ त ५९५१, ग १त ५९४३, ग १ त ५९२४, खु १ त ७१५६, लु ४ त ६८७९ भरी, लु ४ त ४२६०, लु ४ त ६८८६, लु ३ त ५३०८, ग १ त ३३६९ ढुंगागिटी, बालुवा भरिएको र ग १ त ५१०५ ग १ त ६११० खाली ट्याक्टर हुन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.