काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको व्यवस्था र अवस्थाको पक्ष र विपक्षमा ध्रुवीकरण हुन आह्वान गरेका छन्। कोसी प्रदेशमा कांग्रेसबाट विद्रोह गरेका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि चितवन पुगेका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिने बताएका थिए। सो लगत्तै लिङ्देनले यस्तो बताएका हुन्।
‘कोसी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो। अन्ततः घुमिफिरी त्यही बाटोबाट सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ।’ उनले भने,‘अब यसरी नै अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पारौं !’
लिङ्देनले आफूहरु विपक्षमा बस्ने स्पष्ट पारे। कोसीमा राप्रपा तटस्थ बसेको छ। कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थन लिएर बहुमत पुर्याउँदै कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
प्रतिक्रिया दिनुहोस !