भारतका बलरहरू चम्किँदा पाकिस्तान १९१ रनमा अलआउट

भारतका बलरहरू चम्किँदा पाकिस्तान १९१ रनमा अलआउट
सुन्नुहोस्

काठमाडौं : भारतका बलरहरू चम्किँदा पाकिस्तान १९१ रनमा अलआउट भएको छ। आइसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत भारतको अहमदावादमा भएको खेलमा पाकिस्तान ४२.५ ओभरमा अलआउट भएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानका लागि कप्तान बाबर आजम सर्वाधिक ५० रन बनाए। मोहम्मद रिजवान अर्धसतक बनाउन एक रन बाँकी हुँदा पेभेलियन फर्किए भने इमामउल हक ३६ रनमा आउट भए।

त्यस्तै अब्दुल्लाह सफिकीले २० र हसन अलीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिरजा, हार्दिक पाण्डे, कुलदीप यादव र रविन्द्र जडेजाले दुई-दुई विकेट लिए।

जितका लागि भारतले १९२ रन बनाउनुपर्ने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.