अलपत्र परेका नेपालीलाई १८ लाख सहयोग
![अलपत्र परेका नेपालीलाई १८ लाख सहयोग](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_9i3C6HO6yr_ioYZvhmMfl.jpg)
साउदी : कास्की आदर्श समाज साउदीले १८ लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाको दोस्रो महाधिवेशन समीक्षा कार्यक्रममा संस्थाले हालसम्म साउदी र विभिन्न देशमा अलपत्र परेका नेपाली लगायत नेपालका विभिन्न क्षेत्रमा सो रकम सहयोग गरेको जनाएको हो।
संस्थाले कतारमा जेलमा रहेका विनोद रानाभाटको रिहाइका लागि १ लाख ६५ हजार, मनिषा गुरुङ बचाउ अभियानमा ६० हजार ५ सय, नेपाली दूतावासको सेल्टरमा रहेका चेलीलाई हवाई टिकटस्वरूप ५२ हजार ५ सय, दुवै आँखा नदेख्ने दीर्घमान रानालाई ७० हजार, १३ महिनाकी सियोना श्रेष्ठ बचाउ अभियानमा ६० हजार सहयोग गरेको छ।
यसैगरी कोरोना महामारीमा स्वास्थ्य सामग्री स्वरूप ७ लाख, मृगौला पीडित उत्तम बिक बचाऊँ अभियानमा ४३ हजार ३६, नवजीवन परपोकार संस्था तथा वृद्ध आश्रमलाई र ५ हजार, मृगौला पीडित सूर्यबहादुर गुरुङ २ हजार ३०, माया विश्वकर्मा २५ हजार ५ सय ११, आगलागीबाट घाइते बाबुराम दमाईलाई ४२ हजार सहयोग गरेको संस्थाले जनाएको छ।
दूतावासको अनुरोधमा बहिर्गमन भिसा प्राप्त पीडित नेपालीलाई हवाई टिकट स्वरूप ३८ हजार सहयोग, साउदीमा अलपत्र परेका १५० जनाभन्दा बढी नेपालीलाई खाद्यान्न सहयोग, हवाई टिकट , स्वास्थ्य परीक्षण, यातायात व्यवस्थामा १ लाख ६० हजार सहयोग, कास्कीमा नै उपचार नपाएर अलपत्र परेका वीरबहादुर कुँवरलाई ५० हजार, साउदी जेलमा रहेका दामोदर क्षेत्रीलाई उद्दार स्वरूप ४२ हजार, दुर्गाबहादुर सुनुवार उद्धार अभियानमा ३५ हजार ५ सय र संस्थाको अक्षयकोष साथै साउदीमा रहेका विभिन्न संघ संस्थाको सामाजिक कार्यमा समन्वय स्वरूप २ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ।
संस्थाका निवर्तमान अध्यक्ष अमर सापकोटाले सामाजिक कार्यमा हातेमालो गर्ने सबैलाई धन्यवाद दिए। संस्थाको दोस्रो महाधिवेशनबाट २०२३-२०२५ कार्यकालका लागि अध्यक्षमा मनिस थापा चयन गरेको छ। संस्थाको कोषमा १७ हजार ९ सय १८ रियाल नगद रहेको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)