मालिकादेवी कप सुरु

मालिकादेवी कप सुरु

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौरमा मालिकादेवी कपको तेस्रो संस्करण सुरु भएको छ। मेलचौर युवा जागरण समाजको आयोजनामा खुला ७ ए साइड नगर कप प्रतियोगिता शनिबारदेखि सुरु भएको हो। एक सातासम्म चल्ने प्रतियोगितामा अन्तरजिल्लासहित २७ टोलीले भाग लिएको आयोजकले जनाएका छन्। 

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ। नकआउटका आधारमा खेलाइने प्रतियोगिताको उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ पाउने समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताको पहिलो दिन मेलचौर युवा जागरण समाज बी र सहिद स्मृति युवा क्लब बी बीच खेल भएको थियो। सो खेलमा मेलचौर युवा जागरण समाज बीले सहिद स्मृति युवा क्लब बीलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो। मेलचौर युवा जागरण समाज बीका बिपिन गिरी म्यान अफ द म्याच घोषित भए। 

दोस्रो खेल धार्पा युवा क्लब र इन्द्रध्वज गणबीच भएको थियो। खेलमा इन्द्रध्वज गणले धार्पा युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्‍यो। त्यस्तै फाइभ स्टार युवा क्लब र धोबिखोला युवा क्लबबीच भएको तेस्रो खेलमा फाइभ स्टारले धोबिखोलालाई ८–३ गोल अन्तरले पराजित गर्‍यो। 

सो खेलमा फाइभ स्टारका रोशन मगर म्यान अफ द म्याच घोषित भए। पहिलो दिनको अन्तिम खेल थुम्की डाँडा युवा क्लब र भीमेश्वरी समाजसेवा क्लबबीच भएको थियो। 

थुम्की डाँडा युवा क्लबसँग १–० गोल अन्तरले भीमेश्वरी समाजसेवा क्लब पराजित बन्यो। सो खेलमा थुम्कीडाँडाका खेलाडी आकाश सापकोटा र म्यान अफ द म्याच घोषित भए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.