अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प

अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प
फाइल तस्बिर।
सुन्नुहोस्

काबुल : अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार छ दशमलव तीन म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको आमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक भूकम्प गएको हो।  

ग्रिनविच मिनटाइमअनुसार तीन बजेर ३६ मिनेटमा हेरात सहरभन्दा ३३ किलोमिटर टाढा भूकम्प गएको हो। यही असोज २० गते (अक्टोबर ७) हेरातको सोही भागमा छ दशमलव तीन म्याग्निच्युडको शक्तिशाली भूकम्प र आठ वटा परकम्प गएको थियो। उक्त भूकम्पले ग्रामीण घरहरू ध्वस्त पारेको थियो भने एक हजारभन्दा बढीको मृत्यु र सयौं घाइते भएका थिए।  

हजारौं भयभित बासिन्दा बिना आश्रय रहन बाध्य भएको र स्वयंसेवकहरूले बाँचेकाहरूको खोजी गरिरहेका बेला सोही तीव्रताको अर्को भूकम्प जाँदा एक जनाको मृत्यु र एक सय ३० जना घाइते भएका थिए।  

भूकम्पमा परी मर्नेहरूमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको युनिसेफले बुधबार बताएको थियो। भूकम्पबाट १२ हजारभन्दा बढी नागरिक प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। 

सन् २०२१ मा अफगानिस्तानको सत्तामा आएको तालिबान अधिकारीहरूका लागि ठूलो मात्रामा आश्रयको व्यवस्था गर्न चुनौती हुने छ। तालिबानको अन्तर्राष्ट्रिय दातृ संस्थाहरूको सम्बन्ध खराब छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.