पाल्पाका भगवती मन्दिरमा पूजापाठ गर्नेको भीडभाड

पाल्पाका भगवती मन्दिरमा पूजापाठ गर्नेको भीडभाड
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

तानसेन : आज दसैंको पहिलो दिन पाल्पाका विभिन्न शक्तिपिठ तथा देवी भगवतीका मन्दिरमा भक्तजनहरूको भीडभाड बढेको छ । भक्तजनहरु बिहानै नदी तलाउँ,धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पूजा पाठ,तथा दर्शनका लागि भगवती दुर्गाका मन्दिर पुगेका छन् । 

जिल्लाको डाँडा टाकुरामा रहेका भगवती दुर्गाका मन्दिर सरसफाइ गरी आज नवरात्रदेखि देवीको नित्य पूजाआजा सुरु गरिएको हो । पाल्पामा अधिकांश देवी,भगवती,दुर्गाका मन्दिर,डाँडाको टुप्पोमा निर्माण गरिएका छन् । 

नवदुर्गा सुरू भएपछि भगवती मन्दिरका वरिपरी भक्तजन भजन कृर्तन,दुर्गा तथा चण्डी पाठ गर्दै देवीको आराधनामा गर्न भक्तजन जुटेका हुन् ।  तानसेनको भगवती मन्दिरमा परम्परागत नेवारी भाषाको डाफा भजन सुरु गरेको छ । 

लोपन्मुख अवस्थामा पुगेको नेवारी डाफा भजनलाई संरक्षणको वृद्धादेखि युवाहरूको सहभागी रहेको छ । परम्परागत भजन संस्कृतिमा  बुढापाका मात्र सहभागी भइररहेको अवस्थामा युवाहरुलाई समेत डाफा भजन स्तुतिमा सहभागी गराएर तानसेनको पुरानो भजन संस्कृतिको जर्गेनाका लागि सहयोग पुगेको संस्कृतिकर्मी राजेन्द्र गोपाल सिंहले बताए ।

तानसेनको भगवती मन्दिर,रम्भापानीको रम्भा देवी मन्दिर,भुवनपोखरीको रैनादेवी मन्दिर,बतासेको कालिका मन्दिरलगायतका मन्दिरमा  पूजाआजाका लागि भक्तजनको अध्याधिक भीड हुने गर्दछ । पाल्पामा नवदुर्गाको समयमा  मन्दिर वरिपरी विभिन्न समूहबाट साहूहिक देवी स्तुति भजन किर्तन गर्ने परम्परा हालसम्म कायम रहेको पाइन्छ ।

आजै नवदुर्गाको पहिलो दिन घरघरमा घटस्थापना गरी देवीको पूजापाठ गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.