२४२ घरको संयुक्त जमरा

२४२ घरको संयुक्त जमरा
सुन्नुहोस्

नुवाकोट : नेपाली समाजमा अहिले पनि छुवाछुत प्रथा कायमै छ । तर, नुवाकोटस्थित वेलकोटगढीको निरञ्जना गाउँ, जसले छुवाछुत नियन्त्रणमा अलग्गै पहिचान बनाएको छ ।  

२१औं शताब्दीमा कतिपय ग्रामीण समाजमा अझै जातीय छुवाछुत र भेदभाव हुने गरेको पाइए पनि नुवाकोटको पूर्वी भेग वेलकोटगढी धार्मिक सहिष्णुताको नमूना बन्दै गएको छ । उँचो तथा निँचो जातको भेदभाव नभइ सवै मिलेर एकै स्थानमा धार्मिक कार्य गरिँदा नुवाकोटको यस नमूना कार्यले स्वदेशमा मात्र नभइ अन्यत्रसमेत चर्चा बटुल्दै गएको छ । 

नुवाकोटको ऐतिहासिक वेलकोटगढीमा यस वर्ष वडादसैंंका लागि दलित र ब्राम्हण समुदायको जमरा एकै स्थानमा राखिएको छ । सदियौंदेखिको दलित र ब्राम्हण समुदायको पानी नचल्ने परम्परा तोड्दै नुवाकोटको पूर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवतीे मन्दिरमा घटस्थापनाको दिन सामूहिक जमरा राखिएको हो । 

सामूहिक जमरा राख्ने परम्परालार्ई स्थानीय ब्राम्हण, क्षेत्री, नेवार, मगर, घर्ती, जनजाति तथा दलित समुदायका मिजार, बिक, दमाई, तथा नेपालीका परिवारले निरन्तरता दिएका हुन् । नुवाकोटबाटै नेपाल एकीकरणको सुरुवात गरेका पृथ्वीनारायण शाहको पालादेखि बेलकोटगढीमा रहेको निरञ्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालार्ई यसपटक वेलकोट र आसपासका २ सय ४२ घरधुरीका ब्राम्हण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेको निरञ्जना भगवती मन्दिरका मूल पुरोहित नरनाथ पौडेलले बताए । ३२ वर्षदेखि मूल पुरोहितको रूपमा रहेका पौडेलका अनुसार सो मन्दिरमा २ सय ४२ वर्षभन्दा अघिदेखि सामूहिक रूपमा जमरा राखिँदै आएको छ । 

विदुरदेखि २५ किलोमिटर पूर्वमा रहेको निरञ्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्न तथा पूजा सञ्चालन गर्न वेलकोटगढी नगरपालिकाले यस वर्ष रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नगरपालिकाले वडादसैंंका लागि निरञ्जनामा पूजा सञ्चालनका लागि गत २०७९ सालमा ३ लाख, २०७८ सालमा २ लाख, २०७७ सालमा २ लाख, २०७६ सालमा २ लाख, २०७५ सालमा १ लाख ४० हजार र २०७४ सालमा १ लाख २० हजार रुपैयाँँ उपलब्ध गराएको थियो । 

सामूहिक रूपमा जमरा राख्ने कार्यले स्थानीय समुदायबीच नमूनाको अभियान भइरहेको पूजा समितिका सदस्य किशोर वलीको भनाइ छ । 

उनका अनुसार स्थानीयवासीको माग अनुसार वेलकोटगढी र निरञ्जना भगवतीको मन्दिर पुनर्निर्माणको कार्य सुरु भएको छ । वेलकोटगढी ऐतिहासिक स्थल र धार्मिक पर्यटनको केन्द्रसमेत भएका कारण सोही स्थानको नामबाट वेलकोटगढी नगरपालिकाको नामाकरण भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.