एमालेले दल त्याग गरेको जानकारी गराएपछि आयोगले निकाल्यो पद रिक्त भएको सूचना

प्रभु साहकी पत्नी रिनाकुमारी आम जनता पार्टीमा लागेपछि नगर प्रमुख पद रिक्त

प्रभु साहकी पत्नी रिनाकुमारी आम जनता पार्टीमा लागेपछि नगर प्रमुख पद रिक्त

रौतहट : रौतहटको मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहको पद रिक्त भएको छ। मंगलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो।

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को तर्फबाट निर्वाचित भएकी मौलापुर नगरपालिकाकी नगर प्रमुख साह अन्य दलमा प्रवेश गरेको एमालेको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निजको निर्वाचित भएको पद स्वतः रिक्त भएको जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको आयोगले जनाएको छ ।

आम जनता पार्टीमा लागेको पुष्टि भएपछि उनको मेयर साहको पद गएको हो । मेयर साह आजपाका केन्द्रीय अध्यक्ष प्रभु साहको श्रीमती हुन् ।

गएको स्थानीय चुनावमा गठबन्धनलाई हराउँदै दोस्रो पटक मेयर पदमा नेकपा एमालेकी उम्मेदवार रिनाकुमारी साह विजयी भएकी थिइन्। २०७४ सालको निर्वाचित मधेश प्रदेश कै एक मात्र मेयर रिना साह २०७९ को चुनावमा पनि ५५ सय ६४ मत पाएर विजयी भएकी थिइन् ।

मौलापुर नगरपालिकामा कूल मतदाता १४ हजार ७ सय ८४ रहेकोमा १२ हजार ७ सय ६० मत खसेको थियो । नगरपालिकाको ९ वडामध्ये वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा एकीकृत समाजवादीले जितेको छ भने अन्य सबै वडाहरुमा नेकपा एमालेले जितेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.