प्रधानमन्त्री दाहाल मुस्ताङमा

प्रधानमन्त्री दाहाल मुस्ताङमा

जोमसोम : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मुस्ताङ पुगेका छन्। उनी आज बिहान ७:४५ मा जोमसोम विमानस्थल पुगेका हुन्।

उनलाई विमानस्थलमा प्रदेश इन्चार्ज देवेन्द्र पौडेल,  जिल्ला इन्चार्ज कपिल लामा, प्रजिअ जनकराज पन्त, सुरक्षाकर्मी लगायतबाट स्वागत गरिएको थियो।

null

प्रधानमन्त्रीले नेपाली सेनाको हेलीकोप्टरमार्फत उपल्लो मुस्ताङको हवाई अवलोकन गर्ने कार्यक्रम रहेको छ। साथै उनले जोमसोममा जलवायु सम्बन्धी अन्तरक्रिया र संयुक्त जिल्ला भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

null

प्रधानमन्त्री दाहाल हिजो दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल गएका थिए। हस्पिटलले हिजो साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.