गजेन्द्र राई बने ११ औं लिगलिगे राजा

गजेन्द्र राई बने ११ औं लिगलिगे राजा
सुन्नुहोस्

गोरखा : खोटाङका गजेन्द्र राई ११ औं लिगलिगे राजा बन्न सफल भएका छन्। बुधबार पालुङटारमा आयोजित लिगलिगे दौडमा ६९ जनालाई पछि पार्दै उनी ११ औं लिगलिगे राजा बन्न सफल भएका हुन्। null

उनले चेपेघाटदेखि लिगलिगकोट सम्मको १३.५ किलोमिटर दुरी ५६ मिनेट ३६ सेकेण्डमा पार गरेका थिए। उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छन्। निर्धारित दुरी ५६ मिनेट ५३ सेकेण्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सिं रावत दोस्रो बनेका छन्। 

त्यसैगरी यसअघिका विजेता अनिस थापा यसपटक तेस्रो बनेका छन्। निर्धारित दुरी उनले ५८ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए। उनी भारतीय सेनामा कार्यरत छन्। 

दसैंका बेला दौड जितेर लिगलिगको राजा बन्ने परम्परा कायम राख्न लिगलिग विकास अभियानले विगत १५ वर्षदेखि लिगलिगे दौडको आयोजना गर्दै आएको छ। कोभिडका कारण विगत तीन वर्ष हुन नसकेको दौडले यस वर्ष निरन्तरता पाएको हो। 

दौडको उपाधि विजेता राईलाई विशेष कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिगलिगे राजा घोषणा गर्ने कार्यक्रम रहेको आयोजक लिगलिग विकास अभियानका अध्यक्ष संजिव राना मगरले बताए। त्यस्तै एक लाख नगद पुरस्कारसहित श्रीपेच (पगरी), ट्रफी, मेडल र प्रमाणपत्र पनि दिइने बताइएको छ। null

दौडमा दोस्रो भएका रावतले ५० हजार र तेस्रो बनेका थापाले २५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। दौडमा २१ जना स्थानीय धावकसहित कुल ७० जनाको सहभागीता रहेको थियो। गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोहुदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सम्पन्न भएको हो। 

नेपाल एकीकरण अघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो। पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भएपनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ। वि.सं. १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो। तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.