दसैंमा नै किन हुन्छ हवाई भाडा महँगो ?

दसैंमा नै किन हुन्छ हवाई भाडा महँगो ?
सांकेतिक तस्बिर।

काठमाडौं : बडा दसैं मनाउन उपत्यका छोड्ने क्रम बढ्दो छ। सडक र  हवाई सञ्जालको प्रयोगहरू दैनिक डेढ लाख बढीले उपत्यका छोडिरहेका छन्। यो दसैंमा १५ लाखभन्दा बढीले उपत्यका छोड्ने अनुमान गरिएको छ। दसैंमा १० देखि १५ प्रतिशत आन्तरिक उडान थपिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुल बताँछन्। दसैैंको बेलामा उडानको माग झन्डै दोब्बरले हुने गरेको उनले जानकारी दिए। 

त्रिभुवन विमानस्थलको क्षमताका कारण आन्तरिकतर्फ थप उडान दिनसकिरहेको पनि भुलले बताए। दैनिक आउने र जाने गरी आन्तरिकतर्फ २ सय ३६ भन्दा बढी उडान हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा बताउँछन्। यस्तै दैनिक १२ हजार यात्रुको चाप आन्तरिक तर्फ रहेको पनि उनले बताए। बुद्ध, यती, श्री, नेपाल एयरलाइन्स, सौर्य, सीता, तारा र समिट एयर ट्रंक रुट (तराई) र स्टल रुट (पहाडी तथा हिमाली जिल्ला) मा उडान भर्दै आइरहेका छन्। 

चाडपर्व र पर्यटन मौसमका कारण यात्रुको संख्या बढेको विमानस्थलले जानकारी दिएको छ। दैनिक करिब १ हजार यात्रुको चाप बढिररहेको झाले जानकारी दिए। दसैंको नवमीसम्म काठमाडौं छोड्ने यात्रुको चाप बढ्ने बताइएको छ। यातायातको सहज सुविधा विस्तारित हुँदै जाँदा महँगो शुल्क तिरेर  हवाई यात्रा यात्रुको रोजाइमा कम पर्न थालेको झा बताउँछन्।  

अहिले करिब ९० देखि ९५ प्रतिशत क्षमतामा जहाजहरू उडिरहेको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्मा बताउँछन्। स्टल रुटमा साना जहाज र नियमित उडान हुने भएकाले केही चाप भएको तर ट्रंक रुटमा अहिले पनि सिट पाउने जानकारी दिए। 

किन हुन्छ हवाई भाडा महँगो ?

दसैंमा यात्रु बाहिरिने क्रम बढेसँगै हवाई भाडा महँगो भयो भन्ने गुनासो आउने गरेको छ। केहि गन्तव्यका भाडा भारत जाने शुल्कभन्दा पनि बढी भएको भन्दै प्रधानमन्त्री र मन्त्रीसमक्ष गुनासो पुगेको छ। काठमाडौं धनगढी उडानको भाडा १७ हजार नाघेपछि यात्रुहरू मर्कामा परेको बताइएको हो।
तर, भाडा महँगो भएको नभई निधारित दरभित्र नै रहेको नियामक निकाय प्राधिकरण बताउँछ।  अन्य समयमा न्यूनतम हवाई शुल्क लिने गरेकोमा अहिले महँगो टिकट मात्रै बाँकी भएको आन्तरिक वायुसेवा सञ्चालक संघको भनाइ छ।

काठमाडौं–धनगढीको भाडासँग काठमाडौं–दिल्लीको भाडा तुलना गर्न नमिल्ने प्राधिकरण सहायक प्रवक्ता भुल बताउँछन्। विमानको प्रकार, सिट क्षमता, दूरीसँगै भाडादर तय गर्ने संयन्त्रले भाडादर फरक पर्ने उनी बताउँछन्। 

हवाई भाडामामा वायुयान लागतको भाडासँगै फ्युल सरचार्ज र यात्रु सेवा शुल्क पनि जोड्निे गर्छ। अघिल्ला वर्षको तुलनामा हवाई इन्धन महँगिएको छ भने अहिले १३६ रुपैयाँ प्रतिलिटर  हवाई इन्धनको मूल्य छ। विमानमा  हवाई इन्धनको लागत कुल खर्चको करिब ४० प्रतिशत हुने बताइन्छ। यात्रु सेवा शुल्कको हकमा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भए ५ सय र अन्य विमानस्थलबाट भए ४००, ३०० र २ सय तोकिएको छ। 

null

अहिलेको  हवाई भाडा २०७३ मा प्राधिकरणले निर्धारण गरेको दर÷रेटमा चलिरहेको छ।  प्राधिकरणले भाडा निर्धारण गर्दा न्यूनतम, बेस र अधिकतम मुल्य निर्धारण गरिदिन्छ। दुर्गम क्षेत्रको भाडा निर्धारण ट्वीन अटर विमानको लागतको आधारमा र सुगम क्षेत्रको भाडा एटिआरको आधारमा निर्धारण गरिएको छ। अहिले विमान कप्पनीहरूसँग एटिआर बाहेकका जहाज पनि थपिसकेका छन्। त्यस कारण विमान कम्पनीहरूले पुरानो भाडा दर बढाउनुपर्‍योभन्दा पनि प्राधिकरले नबढाएको सहायक प्रवक्ता भुल बताउँछन्। 

कुनै पनि गन्तव्यको न्यूनतम र अधिकतम भाडादरभित्र रहेर नै विमान कम्पनीहरूले भाडा निर्धारण गर्छन्। अधिकतमभन्दा बढी लिए प्राधिकरणले कारबाही गर्छ। माग कम हूँदा न्यूनतम भाडामा विमान कम्पनी उड्ने गर्छन् भने माग बढेको बेलमा अधिकतम भाडा निर्धारण गरिन्छ। न्यूनतम र अधिकतम मूल्यमा खेल्ने अधिकार  हवाई कम्पनीलाई छ।

‘अन्तर्राष्ट्रिय हवाई संगठन (आइटा) लगायत कसैले पनि  हवाई भाडा नियमन गर्दैनन्। यो बिल्कुल बजारले निर्धारण गर्ने हो।’ भन्दै भुलले सिजनमा  हवाई कम्पनीहरूले अधिकतम भाडादर लगाएकाले महँगो लागेको स्पष्ट पारे। इन्धनको मूल्यवृद्धि, डलर महँगोसँगै सरकारले चालु आर्थिक वर्षबाट हवाई भाडामा १३ प्रतिशत मूल्यअभिवृद्धि कर (भ्याट) लगाएकाले हवाई भाडा महँगो केही महँगो भएको संघका प्रवक्ता योगराज शर्मा बताउँछन्। 

सार्वजनिक यातायातमा घुइँचो

सार्वजनिक यातायात चढेर उपत्यका छोड्नेको घुइँचो पनि बढेको छ। घटस्थापनादेखि अहिलेसम्म ३ लाख बढिले उपत्यका छोडेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। घटस्थापनको दिन ५१ हजारले उपत्यका छोडेको अहिले १ लाख बढी बाहिरिन थालेका छन्। यो क्रम बढ्दै जाने बताइन्छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.