बाजागाजासहित तलेजुमा भित्र्याइयो बडादसैंको फूलपाती

बाजागाजासहित तलेजुमा भित्र्याइयो बडादसैंको फूलपाती
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको धार्मिक तथा ऐतिहासिक तलेजु मन्दिरमा शनिबार बाजागाजा र तामझामका साथ बडादसैंको फूलपाती भित्र्याइएको छ। 

विदुर नगरपालिका-२ स्थित तलेजु भवानी मन्दिरमा सरकारका प्रतिनिधि, सर्वसाधारणको उपस्थिति र नेपाली सेनाको सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फूलपाती विशेष कार्यक्रमका बीच भित्र्याइएको हो।

नुवाकोटको फूलपाती भित्र्याउने परम्परा मल्लकालदेखि नै सञ्चालन भएको र १८०१ असोज १५ गते पृथ्वीनारायण शाहले तेस्रो प्रयासमा नुवाकोट विजय प्राप्त गरेपछि झनै महत्व बढेर गएको सरकारका प्रतिनिधि द्बारे महेन्द्रकुमार शाहीले बताए। फूलपाती भित्र्याउने परम्परा गोरखा र हनुमानढोकामा जति महत्वपूर्ण छ, नुवाकोटको पनि उत्तिकै छ।

विशेष गरी फूलपाती बोक्न र बडादसैंमा आउनेहरूको सुविधाका लागि विभिन्न स्थानको गोरेटो बाटो मर्मत गरिएसँगै यस कार्यमासमेत सुविधा भएको हो। नुवाकोटको फूलपाती भित्र्याउने परम्परा गोरखा र काठमाडौंको हनुमानढोकाको जत्तिकै महत्वपूर्ण रहेको छ। 

नुवाकोटवासीले सदियौं पुरानो मंगल गाउने कल्छिनी २०६४ सालदेखि बन्द भएकोमा त्यसलाई निरन्तरता दिन सरकारसँग अनुरोध गरेका छन्। यसको निरन्तरताका लागि आफूहरूले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरिसकेको भए पनि काम पुनः सुरु हुन नसकेको द्बारे शाहीको भनाइ छ। 

मंगल गाउने कल्छिनीको पुनः सुरु गर्न सरकारीतर्फबाट पहल भइरहेको सरकारी पक्षबाट निरन्तरताको आस्वासन आएको पनि शाहीले बताए। नुवाकोटको तलेजु मन्दिरमा शनिबार सरकारका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागितामा फूलपाती भित्र्याइएको हो। 

हनुमान ढोकामा मंगली गाउने नौ जनाको समूह रहेकोमा सरकारले त्यसलाई नुवाकोटको फूलपातीमा ल्याएर पहिले झैं पुनः सुरु गर्न दवाव दिन स्थानीय, प्रदेश तथा संघीय सरकारका प्रतिनिधिलाई नुवाकोटवासीले अनुरोध गरेका छन्। 

ब्राम्हणहरूद्बारा संकलित फूलपाती नुवाकोटको तलेजु मन्दिरसम्म उपासेद्बारा बोकेर भित्र्याउने प्रचलन रहेको छ। सरकारी प्रतिनिधिसहितका सर्वसाधारण पहिले साततले दरबार राष्ट्रिय संग्रहालयमा भेला भएर जंगल पुगेर बाजागाजासहित नौ प्रकारका फूलपातीलाई विशेष जात्रासहित भित्राएका हुन्। 

प्रसिद्ध तलेजुमा फूलपाती भित्राउनुअघि फूलपाती ल्याउने स्थान र फूलपाती भित्र्याउने स्थानमा लिपपोत गरी शुद्ध, चोखो बनाई विशेष पूजापाठ गरिएको थियो। 

सयौंको संख्यामा उपस्थित सर्वसाधारण साततले दरबार राष्ट्रिय संग्रहालयबाट र्‍यालीसहित निस्केर फूलपाती लिन धोवीधाराको चौतारामा पुगेर संकलित फूलपाती लिएर तलेजुमा बाजागाजा र तामझामका साथ भित्र्याइएको हो। सो अवसरमा तलेजु भवानीको मन्दिरमा सरकारीस्तरबाट एउटा बोका बलि दिइएको छ। 

जंगल र बगैंचा पुगेर बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फूलपाती बाजागाजा र उच्च सुरक्षाका साथ भित्र्याइएको हो। बाजागाजासहित दुई किलोमिटर दूरीबाट लावालस्करसहित पुगेर संकलन गरेर ल्याइएको फूलपाती भित्र्याइएको हो। 

नुवाकोटको तलेजु मन्दिरमा भित्र्याइएको फूलपाती विजयादशमीको प्रसाद ग्रहणका लागि काठमाडौं हनुमानढोका लैजाने चलन रहेको छ। हनुमानढोकामा पुगेको नुवाकोटको फूलपातीलाई टीकासहित प्रसादका रूपमा राष्ट्राध्यक्ष लगायतले ग्रहण गर्ने प्रचलन रहेको छ। 

ऐतिहासिक रूपले गोरखामा फूलपाती भित्र्याउने चलन जति महत्वपूर्ण छ, त्यति नै नुवाकोटको तलेजुमा फूलपाती भित्र्याउने कार्य पनि उत्तिकै महत्वपूर्ण रहेको प्रसिद्ध  भैरवी मन्दिरका पुजारी हरिमानसिह डंगोलले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.