रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, २ जना घाइते

रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, २ जना घाइते
फाइल तस्बिर।
सुन्नुहोस्

रौतहट : जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। जिल्लाको चन्द्ररपुर नगरपालिका वडा नं ५ स्थित राजपैडा घर भएकी ५५ वर्षीया मनीया धामीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको स्थानीयले बताए।

शनिबार दिउँसो घाँस लिन चाँदीनदी पारी रामलाल वृन्दावन साझेदारी वन क्षेत्रमा गएकी धामीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

अन्य दुईजना जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन् । घाइते हुनेमा राजपैडा की ५३ वर्षीया अघनिया देवी चौधरी र ६० वर्षीया पनाबती देवी रहेका छन्। उनीहरुको उपचार स्थानीय अस्पतालमा भैरहेको छ ।

जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी महिलाको शव सेना, प्रहरी, बनका कर्मचारी लगायत स्थानीयको सहयोगमा उद्दार गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.